(Saturday , 11 May,2024)

संघीय संसद्को बजेट अधिवेशन भोलि (आइतबार) देखि सुरु हुँदै,

NepalNewsLine

NepalNewsLine

Image 1

२३ वैशाख, चितवन - काठमाडौ संघीय संसद्को बजेट अधिवेशन आइतबारदेखि सुरु हुँदैछ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार दिउँसो ४ बजेका लागि बजेट अधिवेशन आव्हान गर्नुभएको छ । राष्ट्रपति पौडेलले संसदको अधिवेशन आह्वान गरेअनुसार दुवै सदनको बैठक बस्न लागेको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उहाँले बताउनुभयो । आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०-०८१ को वार्षिक बजेट तथा त्यसअघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ । यसअघि हिउँदे अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal