(Saturday , 23 November,2024)

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नेकपा एसलाई सघाउन कांग्रेस तयार

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)लाई मुख्यमन्त्री दिन तयार देखिएको छ । 

बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच कांग्रेस नेता डा.नारायण खड्का निवासमा भएको भेटवार्तापछि मुख्यमन्त्रीमा कांग्रेसले एकीकृत समाजवादीलाई सघाउन तयार रहेको कांग्रेस निकट स्रोतले जनाएको छ ।

देउवा र नेपालबिच पौने एक घण्टा प्रदेश सरकार निर्माणका विषयमा छलफल भएको थियो । जसमा नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी पक्षले पनि साथ दिने बुझिएको छ । 

सुदुरपश्चिमलगायत अन्य प्रदेश सरकारका विषयमा देउवाले बिहीबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा शीर्ष नेता एवम कानुनविदहरुसँग छलफल गरेका थिए ।

सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रमुख प्रतिपक्षी दलका सभापति देउवा र सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष नेपालबिचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

देउवा र नेपालीबिच सुदूरपश्चिम प्रदेश सरकार निर्माण साथै वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल भइरहेको हो । 

सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज बिहीबार साँझ ५ बजे सकिंदैछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal