(Saturday , 11 May,2024)

हरि पोखरेलको उन्मुक्ति लिने दाऊ, उच्च अदालतमा पिडितका पक्षमा धर्ना र नारावाजी

author

Arpana Bhujel

Image 1

२७ असोज, काठमाडौं – जबरजस्ती करणी अभियोगमा पक्राउ परि कारागार चलान भएका हरि कुमार पोखरेललाई उन्मुक्ति दिने आशंकामा पीडितहरु धर्नामा बसेका छन् । जिल्ला अदालत काठमाडौंको आदेशका आधारमा कारागार चलान भएका पोखरेलले पनरावेदनका लागि उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।

आज उनको मुद्दा उच्च अदालतका न्यायाधीश राजेश खरेल र रमेशराज पोखरेलको ईजलाशमा परेको छ । २ नम्बरमा पालो रहेको यो मुद्दामा मिलेमतो हुनसक्ने आशंका बढेको भन्दै उनीहरु उच्च अदालत पाटनमा धर्नामा बसेका हुन् ।

गत भदौ ८ गते जिल्ला अदालत काठमाडौंले पोखरेललाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो भने मिलापत्र गर्न दबाव दिनेहरुलाई जनही ३ लाख रुपैयाँ धरौटी माग भएको थियो । विगत एक वर्षदेखि उनको घरमा कामदारको रुपमा कार्यरत परिवर्तित नाम ९२६० परिसर ९४० माथि पोखरेलले पटक पटक बलात्कार प्रयास गरेका थिए ।

गत असार ८  गते भने पीडित युवतीले भिडियो रेकर्ड गर्न सफल भएकी थिइन् । शक्तिशाली व्यक्तिका आफन्त समेत रहेका पोखरेल विरुद्ध जाहेरी लिन प्रहरीले समेत आनाकानी गर्दै आएको थियो । तर, पीडितले सामाजिक सञ्जालमा आफूले न्याय नपाएको बताएपछि अस्पतालमा उपचारको नाटक गर्न पुगेका पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई विभिन्न प्रलोभन र धम्की दिने दुई जनालाई भने जिल्ला अदालत काठमाडौंले तीन तीन लाख धरौटी माग गरेको छ । यसरी धरौटी माग भएकाहरुमा रन्जित कुमार जैसवाल र रामजी भन्ने चेतन न्यौपाने रहेका छन् । त्यस्तै अधिवक्ता भोजराज रेग्मी र काभ्रे घर भएका गुण्डा नाइके एमान तामाङ फरार सुचीमा थिए । तामाङ्गले धरौटी बुझाएको खबर छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal