(Saturday , 11 May,2024)

देशको जिम्मा माओवादीले लिनुपर्ने विप्लवको भनाई, माओवादी बाहेक अन्यले जिम्मा लिन नसक्ने जिकिर

author

Arpana Bhujel

Image 1

२९ असोज, काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशको जिम्मा माओवादीले लिनुपर्ने बताएका छन् ।

सोमबार समाजवादी मोर्चाले सुदूरपश्चिमको धनगढीमा आयोजित सन्देशसभामा बोल्दै उनले माओवादीबाहेक अन्यले जिम्मा लिन नसक्ने जिकिर गरे । 

‘देशलाई दुःख परेको छ । जनतालाई दुःख परेको छ । पहिले पनि युद्धबाट माओवादीले जवाफ दिएको छ’, उनले भने, ‘अहिले पनि देशको जिम्मा माओवादीले नै लिनुपर्छ ।

कम्युनिस्टहरूले लिनुपर्छ । समाजवादी मोर्चाले लिनुपर्छ । समस्या पर्दा काँध थाप्ने भनेको माओवादीले हो । कम्युनिस्टहरूले हो ।’

अहिले देशको राजनीति जटिल मोडमा पुगेको भन्दै आफूहरूले सचेतापूर्वक जिम्मा लिएर जवाफ दिने उनले जिकिर गरे ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal