(Saturday , 11 May,2024)

रीगललाई छुटाउनमा नारायणकाजीकै सीफारीस, के रिगल माओदादीमा प्रबेश गर्दैछन?

NepalNewsLine

NepalNewsLine

Image 1

२१ असोज, काठमाडौँ  - कांग्रेसका नेता विश्वप्रकाश शर्माले सार्वजनिक रुपमै बोले, कांग्रेस कहिल्यै अपराधीलाई आम माफी दिने पक्षमा छैन, र त्यो काकंग्रेसको संस्थागत निर्णय थिएन । 

अदालतले चेतन कि पत्नीलाई न्याय शुने गरि फैसला गर्नुपर्छ, जबकी कांग्रेसकै नेता यसो भनिरहेका छन् भने, के हो त बास्तबिकता  ?  किन गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री परिषदमा शिफारिस गरे ?

कि रिगल माओवादीमा प्रवेश गदर््ेछन् ? वा कुनै लेनदेनमा शिफारिस गरियो ? हैन भने, दिनदहाडै सडकमा खुँडा हानेर हत्या गर्ने गुण्डा नाईके रिगललाई किन आम माफी दिएर छुटाउन परेको थियो ? जेलमा ५० हैन ८० प्रतिशत माआ्ेवादी जनयुद्धमा लडेका लडाकु अहिलेपनि जेलमा छन् । 

तिनलाई किन छुटाउन सकेनन ? डिल्लीबजारमा एकजना जनयुद्ध लडेका कमाण्डर बिना कसुर शान्ति सम्झौता पछि झुटा मुद्दामा फसाईएको थियो, उनि अहिले कैद भुक्तान गरिरहेका छन्, महरा रोशनी काण्डले भित्र छिरेका बेला छुटाईदिने वचन समेत दिएका थिए । 

तर पावर र पहुँचहरुका लागी मात्रै छुट, आम माफी र अनुदानहरु पाउने यो पुरानै रोग, पुरानै चलन हो, तर यिनिहरुपनि उनै पूरानाले जस्तै भनिरहेका छन् कि हामीले ठूलो परिवर्तन गरेका छौं, उपलब्धीको रक्षा गरौं, अचम्म लाग्छ गरे चैं के ? केहि गरेनन.. वैधानिक अवैधानिक ब्रम्हलूट गरिरहेकै छन । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal