(Saturday , 11 May,2024)

कोशीका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीलाई बोलाए देउवाले

author

Arpana Bhujel

Image 1

२९ असोज, काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशीका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुलाई बोलाएका छन् । ४ बजे धुम्बाराहीस्थित निवासमा देउवाले बैठक राखेका हुन् ।

सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री माओवादीलाई छुट्याउने निर्णय गरेपछि नेता डा.शेखर कोइराला पक्षले कोशीमा विद्रोह गरेको थियो ।

कोइराला निकट केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्री बनेका छन् ।

कांग्रेसका आठ जनाले विद्रोह गरि केन्द्रीय गठबन्धन विरुद्ध उत्रिएका थिए । नेता कोइरालाले पार्टीका पदाधिकारी माओवादीलाई मुख्यमन्त्री सुम्पिन तयार भएको भन्दै विरोध जनाउँदै आएका छन् ।

कार्की मुख्यमन्त्री बनेपछि उद्धव थापा संसदीय दलको नेता र हिमाल कार्कीले उपनेताबाट राजीनामा दिएका छन् । देउवाले बोलाएको बैठकमा उपसभापति धनराज गुरुङ भने अनुपस्थित रहने भएका छन् । इण्डोनेसिया भ्रमणमा रहेका उनी ३ कात्तिकमा फर्कने छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal