(Saturday , 11 May,2024)

 कार्कीजी गठबन्धनकै मुख्यमन्त्री हुनुभयो, एमालेले के गर्छ थाहा छैन : प्रधानमन्त्री प्रचण्ड

author

Hem Khadka

Image 1

२७ असोज, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका केदार कार्की गठबन्धनकै मुख्यमन्त्री भएको बताएका छन् । शनिबार चितवनस्थित भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा
गर्दै बालुवाटारमा भएको सहमतिले गठबन्धन अझै बलियो भएको दाबी गरे ।

उनले भने, ‘गठबन्धनमा समस्या त पक्कै पनि हो । तर पनि हामीले यसलाई सेटलमेन्टको ठाउँतिरै लगिएको छ । अब गठबन्धन बलियो हुने ठाउँतिर नै लान्छ भन्ने विश्वास छ । बिहानमात्रै कांग्रेस सभापति शेरबहादुरजी, म आफैं र शेखरबीचमा एउटा समझदारी बनाएका छौं । हामी गठबन्धनलाई बलियो बनाउनेमा दृढ र स्पष्ट छौं। कुनै पनि हालतमा गठबन्धनलाई कमजोर बनाउन दिइनेछैन भन्ने सहमति भएको छ ।’

उनले केदार कार्की अब गठबन्धनकै मुख्यमन्त्री भएकाले सबैले विश्वासको मत दिने बताए । उनले भने, ‘समस्या जसरी सोचिएको र मिडियामा जसरी चर्चा परिचर्चा भएको छ, अब सेफ ल्यान्डिङ गरिएको छ ।’

उनले सर्वपक्षीय सरकार बनाउने असम्भव नभएपनि तत्काल सम्भावना नभएको दाबी गरे । उनले आफूहरुले विश्वासको मत दिने भइसकेको बताउँदै एमालेले के गर्छ रु हेर्न बाँकी रहेको बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal