३ असोज, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा रात्रिभोज आयोजना गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित भोजमा उपराष्ट्रपति रामसहाय यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ उपस्थिति रहेको थियो ।
त्यसैगरी, मन्त्रीहरु, विदेशी राजदूतहरुलगायतको पनि सहभागीता थियो ।
त्यस्तै, कार्यक्रममा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन पनि उपस्थिति थिए ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित थिएनन् भने काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेन पनि अनुपस्थित थिए ।
राष्ट्रपति कार्यालयका अनुसार उनीहरु सबैलार्य आमन्त्रण भने गरिएको थियो ।
प्रतिक्रिया