(Sunday , 12 May,2024)

रक्षा मन्त्रालयमा कांग्रेसका मन्त्रीहरु सामूहिक छलफलमा

NepalNewsLine

NepalNewsLine

Image 1

५ भाद्र, काठमाडौँ - नेपाली कांग्रेसका मन्त्रीहरु सामूहिक छलफलमा जुटेका छन् । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा कांग्रेस ८ जना मन्त्रीबीच सामूहिक छलफल भइरहेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्व भइरहेको छलफलमा कानुनमन्त्री धनराज गुरुङ,

परराष्ट्रमन्त्री एनपी साउद, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, सहरी विकास मन्त्री सीता गुरुङ, खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला तथा बालबालिका मन्त्री सुरेन्द्र आचार्य सहभागी छन् । 

अर्थमन्त्री प्रकाशशरण महत क्यानडामा रहेकाले छलफलमा सहभागी छैनन् । एक मन्त्रीका अनुसार समसामयिक राजनीतिक विषय र कानुन निर्णयका विषयमा छलफल केन्द्रित छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal