२५ साउन, काठमाडौँ - काठमाडौँबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिए पछि लगत्तै काठमाडौँ नै फर्किएको छ ।
दिउँसो १ः५८ बजे बुद्धको एयरको एन–एएनपी जहाज भैरहवाका लागि उडेको थियो । तर, उडान लगत्तै जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानस्थल नै फर्काइएको कम्पनीले जानकारी दिएको छ ।
तर, जहाजमा के भएको हो सो अहिले प्राविधिकहरूले चेकजाँच गरिरहेको कम्पनीका कर्मचारी दीपेन्द्र के कर्णले जानकारी दिए । जहाज उडेको ८–१० मिनेटमा नै समस्या देखिएपछि काठमाडौँ फर्काइएको हो ।
तर, फर्काएको जहाजमा सवार सम्पूर्ण यात्रुहरूलाई तत्काल अर्को जहाजमा राखेर पुनः भैरहवा पठाइसकिएको कर्णले जानकारी दिए ।
प्रतिक्रिया