(Sunday , 12 May,2024)

३ सय रोपनी जमिनका मालिक नेकपा पार्टि, जमिनदारको पार्टी भन्दा फरक नपर्ने विप्लवको भनाई

NepalNewsLine

NepalNewsLine

Image 1

२८ असार, काठमाडौँ - करिब ७ वर्ष भूमिगत भएका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफ्नो पार्टि सँग ३ सय रोपनी जमिन भएको बताएका छन ।  

नेकपा पार्टीले अहिले नेतादेखि कार्यकर्तासम्मलाई खेतिपातीका लागि बिदा दिएको छ। अहिले असार रोपाईको समयमा सबै नेता कार्यकर्ताहरुलाई बिदा दिइएको हो । तर महासचिव विप्लव भने समाजवादि मोर्चा गठनको कार्यक्रममा काठमाडौँ आएका छन ।

त्यसै क्रममा एक अन्तरवार्तामा अहिले खेति गरिरहेको जमिन कस्को हो ? भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन ।  उनिहरुले सस्तोमा जनतासँग मिलेर लिएको बताएका छन । ८० बिघाभन्दा बढी जमिन लिजमा लिएको पनि बताएका छन । 

"हामी माओवादीहरू किन यस्ता भयौंर ? हाम्रो आदर्श सपना कस्तो थियो ? यो सबै हेरेपछि हामीले एकीकृत स्वामित्व प्रणालीका अभियान अघि सारेका हौँ। दुइटा स्वामित्व प्रणाली थियो अहिलेसम्म।

पुँजीवादमा निजी स्वामित्व अहिलेसम्म सफल भएन। मान्छेले मात्रै जति मन लाग्यो, त्यति कुम्ल्याउने खालको ठीक छैन। अर्को अमुर्त सामूहिकताले पनि आत्मीयता दिन सकेन।

त्यसैले हामीले एकीकृत सामूहिकता प्रणाली, मान्छे खुसी पनि होस् तर त्यसले सबै जनतालाई समानतातिर पनि लिएर जाओस भनेर आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी कार्यकर्ता भनेर सुरू गरेका हौँ।

हामिले समाजवादको कुरा गर्दै गर्दा आर्थिक पक्षलाई पनि बलियो बनाउनुपर्छ , अबको क्रान्ति आर्थिक क्रान्ति गर्नुपर्छ भन्ने हेतुले यो कार्ययोजना सुरु गरेका हौँ ।" उनले भने 

सबैभन्दा धेरै जमिन हुने पार्टी आफ्नो भएको बताएका छन । त्यसैले आफुहरुलाई जमिन्दारको पार्टि भन्दा फरक नपर्ने बताएका छन । 

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal