(Sunday , 12 May,2024)

आर्थिक वर्षभित्र देशभरका सबै विद्यालयमा इन्टरनेट सेवा पुर्‍याउने : सञ्चारमन्त्री शर्मा

NepalNewsLine

NepalNewsLine

Image 1

६ साउन, काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले चालु आर्थिक वर्षभित्र देशभरका सबै विद्यालयमा इन्टरनेट सेवा पुर्‍याउने तयारी गरेको बताउनुभएको छ ।

बाराको सिमरामा नेपाल टेलिकम प्रादेशिक निर्देशनालयले आयोजना गरेको कार्यक्रममा उहाँले शिक्षालाई प्रविधियुक्त बनाउन देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट पुर्‍याउने तयारी भइरहेको बताउनुभयो ।

धेरै विद्यालयमा इन्टरनेट सुविधा पुगिसकेको र बाँकी विद्यालय पनि चालु आर्थिक वर्षभित्र इन्टरनेट पुर्‍याउने उहाँको भनाई छ ।

पूर्वाधार निर्माणका क्रममा सरकारी निकायबीच समन्वय नहुँदा समस्या उत्पन्न हुने गरेको उल्लेख गर्दै उहाँले सडक, खानेपानी, विद्युत, दूरसञ्चारका पूर्वाधार निर्माणमा समन्वयमा ध्यान दिन आग्रह गर्नुभयो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal