(Sunday , 12 May,2024)

अमेरिकी सहायक विदेश मन्त्री शुक्रबार नेपाल आउदै

NepalNewsLine

NepalNewsLine

Image 1

२८ असार, काठमाडौं - दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल भ्रमणमा आउने हुनुभएको छ ।

एक दिने भ्रमणका लागि आउन लाग्नुभएका सहायक विदेश मन्त्री लु ले काठमाडौंमा केही महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्ने बताइएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सहायक विदेश मन्त्री लु ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार राजनीतिक भेटघाट बाहेक लु ले अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

लु ले यसअघि एमसिसी परियोजना संसदबाट पारित हुनअघि र पारित भएपछि पनि नेपाल भ्रमण गर्नुभएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal