(Sunday , 12 May,2024)

शिक्षा ऐन जारी गर्न माग गर्दै सडक बहस 

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं, ५ साउन - नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै सडक बहस सम्पन्न भएको छ ।

आज नेपाल समाजवादी विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी) ले माइतीघर मण्डलामा कार्यक्रम आयोजना गरेको हो ।

संयुक्त विद्यार्थी आन्दोलनले आयोजना गरेको कार्यक्रममा नेपाल समाजवादी विद्यार्थी युनियनको इन्चार्ज एवम् नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य मानुसी यमी भट्टराईले शिक्षा क्षेत्रमा व्यापक परिवर्तन आवश्यक भएको बताइन् ।

उनले शिक्षा ऐन तत्काल जारी गरी शिक्षा क्षेत्रको बेतिथि अन्त्य गर्न सरकारसँग माग गरेकी छिन् । विश्वविद्यालय शैक्षिक क्यालेन्डर बन्न नसकेकाले विद्यार्थीको पढाई अस्तव्यस्त बन्न गएको बताइन् ।

त्यसैगरी, विवेकशील पार्टीको उपाध्यक्ष रञ्जु दर्शनाले शिक्षा ऐन गर्न पुरानो राजनीतिक दल तयार नभएको बताइन् । पुरानो दलको नेताहरूको लगानी शैक्षिक क्षेत्रमा रहेकाले उनीहरू शिक्षा ऐन ल्याउन पहल नगरेको प्रष्ट रहेको उनको भनाइ छ ।

शिक्षा ऐन जारी गराउन निरन्तर खबरदारी गरिरहने र अर्को आन्दोलनको कार्यक्रम चाँडै सार्वजनिक गर्ने नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष ओम महतो संग्रामले जानकारी दिए ।

कार्यक्रममा नेपाल समाजवादी विद्यार्थी युनियन अध्यक्ष नेत्र चापागाईं, अखिल ९क्रान्तिकारी०को संयोजक पवन कार्कीले शिक्षा ऐन बिषयमा धारणा व्यक्त गरेका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal