(Tuesday , 03 December,2024)

मोरङमा सक्रिय बन्दै वाइसिएल : ७ पालिकामा सकियो सम्मेलन

author

Anonymous

Image 1

विराटनगर । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) ले मोरङमा सक्रियता बढाएको छ । वाइसिएलले एक महिना अगाडिदेखि सङ्गठन निर्माण तथा विस्तार अभियानअन्तर्गत मोरङका ७ पालिकामा पालिका सम्मेलन तथा भेला सम्पन्न गरेको छ । 

वाइसिएल मोरङका सचिव मोहम्मद रिहानका अनुसार पथरी नगरपालिका, मिक्लाजुङ गाउँपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका, रतुवामाई नगरपालिका, सुन्दरहरैंचा नगरपालिका र सुनवर्षी नगरपालिकामा सम्मेलन सकिएको हो । उक्त सम्मेलनबाट नयाँ समिति पनि गठन भएको छ ।  

वाइसिएलको मोरङ जिल्ला समन्वय समितिको विस्तारित बैठक सलकपुरमा गरेर वाइसिएल संगठन विस्तारमा लागेको हो । वाइसिएलले लेटाङ नगरपालिकामा जमिन मंग्राती अध्यक्ष र देबेन्द्र बनेम लिम्बू सचिव रहेको समिति गठन गरेको छ । 

यस्तै, पथरी शनिश्चरे नगरपालिकामा रोशन माझीको अध्यक्षतामा ३५ सदस्यीय समिति चयन भएको जिल्ला सचिव रिहानले बताए । अधिवेशनले उपाध्यक्षमा कृष्ण राई, सचिवमा कृतिका खनाल, सहसचिवमा हिमाल सिन्चुरी, कोषाध्यक्षमा पवित्रा खनाल रहेका छन् । 

यस्तै मिक्लाजुङ गाउँ समितिको दोस्रो अधिवेशनबाट अध्यक्ष सुसन खड्का चयन भएका छन् । सचिवमा दिप पोखरेल ९दिपक० छन् । 

यस्तै, बेलबारीको दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा किरण कार्की चयन भएका छन् । उपाध्यक्षमा सुवास राई, समिर सुनुवार, अमिर खड्का, सचिवमा सन्तोष लोहोरुङ, कोषाध्यक्षमा सुमन धिमाल चयन भएका छन् । 

यस्तै, रतुवामाई नगरपालिकाको भेलाबाट अध्यक्षमा कमल गुरागाईं तथा सचिवमा लक्ष्मी मैनाली चयन भए । 

यता, सुन्दरहरैंचा नगरपालिकामा भएको दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा पृथ्वीमान शिवा चयन भएका छन् । उपाध्यक्षमा कुमार परियार, प्रमोद घिमिरे र दिपा विक, सचिवमा प्रदिप परियार, सहसचिवमा सर्बन कविरथ, कोषाध्यक्षमा विनोद सुन्दास पदाधिकारी रहेको समिति गठन भएको छ ।

वाइसिएलले जिल्लामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको वर्तमान सरकारले गरेका सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई समर्थन गर्दै संगठन निर्माण अभियान सुरु गरेको जनाएको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal