(Saturday , 11 May,2024)

धरानको निषेधित क्षेत्रबाहिर शान्तिपूर्ण र्‍याली

NepalNewsLine

NepalNewsLine

Image 1

९ भाद्र, धरान -  स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तपूर्ण र्‍याली निकालिएको छ ।

हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्केको र्‍यालीमा हजारौ‌ं सर्वसाधारण सहभागी छन् ।

इटहरीबाट निस्केको र्‍याली तरहराको पानीपियासम्म जानेछ । त्यहाँबाट भने निषेधाज्ञा लगाइएको छ ।

आन्दोलनकारीहरुले निषेधाज्ञा लगाइएको ठाउँमा पुगेर धर्ना दिने कार्यक्रम रहेको छ ।

धरानमा स्वधर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दू धर्मका विभिन्न संघसंस्थाले शान्ति र्याली निकालेका हुन् ।

मुठभेडको खतरा पैदा भएको भन्दै जिल्ला प्रशासन कार्यालयले २४ घण्टे निषेधाज्ञा जारी गरेको छ ।

र्‍यालीमा धर्मनिरपेक्षता खारेजी र हिन्दुराज्यको माग गर्दै नारावाजी भइरहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal