(Friday , 10 May,2024)

महोत्तरीको सोनमा गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप

NepalNewsLine

NepalNewsLine

Image 1

१९ भाद्र , जनकपुरधाम - महोत्तरीको सोनमा गाउँपालिका कार्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

सोनमा माध्यमिक विद्यालयका विद्यार्थीहरुले गाउँपालिका कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीसँग झडप भएको हो ।

मंगलबार दिउँसो १ बजेदेखि गाउँपालिका कार्यालय क्षेत्र तनावग्रस्त छ । प्रहरीमाथि पनि विद्यार्थीले ढुंगामुढा गरेका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन भन्दा बढी सेल अश्रुग्यास हानेको छ ।

विद्यालयमा तीनजना शिक्षकको सरुवा गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा संलग्नहरु विद्यार्थी भएकाले संयमता अपनाएर स्थिति समान्य बनाउने प्रयास गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले जानकारी दिए ।

उनका अनुसार विद्यार्थीको ढुंगामुढाबाट केही प्रहरी समेत घाइते भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी व्यापक मात्रामा परिचालन गरिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal