(Friday , 10 May,2024)

सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

NepalNewsLine

NepalNewsLine

Image 1

१९ भाद्र, काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सोलार बत्ती जडानलगायतका योजनाको रकम भुक्तानीका क्रममा घुस लिएको आरोपमा अख्तियारले उनलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारको इटहरी कार्यालयको टोलीले विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एम।आई।एस। अपरेटर विरेन्द्र कुमार यादवलाई सेवाग्राहीबाट २ लाख नगद र ३ लाख रुपैयाँको चेकसहित गन साउन ३१ गते पक्राउ गरेको थियो ।

तर अनुसन्धानका क्रममा यो प्रकरणमा गाउँपालिका अध्यक्षकै मिलेमतो देखिएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal