(Saturday , 11 May,2024)

पत्थरीको शल्यक्रियापछि बिरामीको मृत्यु, आफन्तद्वारा अस्पतालमा प्रदर्शन

NepalNewsLine

NepalNewsLine

Image 1

धनगढी, ११ भदौ– धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् ।

कञ्चनपुरको बेलौरीका ऐजनलाल चौधरीको चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले धनगढीको शहीद गेटमा प्रदर्शन गरेर सडक बन्द गराएका छन् । पत्थरीको बिरामी चौधरी शुक्रबार अस्पताल भर्ना भएका थिए ।

मिर्गौलामा पत्थरी रहेको भन्दै चित्सिकले शल्यक्रिया गरेपछि उनको सोमबार मृत्यु भएको थियो । मृतकका आफन्तले उपचारमा लापबाही गर्ने चिकित्सकलाई कारबाही तथा मृतक परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal