२६ असार, काठमाडौ - ३६ अौ किङ्स कप सेपकतारा वर्ल्ड च्याम्पियनशीप २०२३ को लागी नेपाली टोलि शुक्रबार थाइल्यान्ड प्रस्थान गरेको छ । १३ जुलाई देखि १६ जुलाई सम्म हुने उक्त खेलका लागि महिला र पुरुष गरी १७ जनाको टोलि थाइल्यान्ड गएका हुन । पुरुष तर्फका कोचमा डा. यम बहादुर गुरुङ रहेका छन भने महिला तर्फको कोचमा ढाकाराम भट्टराइ रहेका छन ।
यो खेल धेरै पुरानो खेल भए पनि चर्चामा भने छैन । कतिलाइ त यसको नाम सम्म पनि थाहा छैन । के खेल हो यो ? यस्तो खेल पनि छर ? भन्ने सूनिन्छ ।
यस खेलको विकास र प्रवर्द्धन को लागि सरकार ले पनि कुनै पहल गरेको देखिदैन। खेलको प्रवर्द्धन र विकासको अभावको कारणले एउटा अन्तर्राष्ट्रिय खेल पनि छायामा परेको छ । यसमा सरकारले ध्यान दिनु जरुरी छ । खेलमा गएका नेपाली टिम लाई जितको शुभकामना।
प्रतिक्रिया