(Friday , 10 May,2024)

सूर्य नेपाल प्रिमियर गल्फः तेस्रो दिन सद्भावलाई दुई स्ट्रोकको अग्रता

NepalNewsLine

NepalNewsLine

Image 1

२५ जेठ, काठमाडौं - सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन राष्ट्रिय टिमका खेलाडी एमेच्योर सद्भाव आचार्यले दुई स्ट्रोकको अग्रतासहित शीर्षस्थान हाँसिल गरेका छन् ।

बिहीवार अन्तिम १८ होलको खेल बाकी छँदा सद्भावले एकल अग्रता बनाउन सफल भएका हुन् । सद्भावले तेस्रो दिन पनि ७–अण्डर ६५ को उत्कृष्ट स्कोर निकाल्दा समग्रमा १६–अण्डर २०० को सानदार स्कोर बनाउँदै शीर्ष स्थान कायम गरेका हुन् । यस्तै नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङलाई दुई स्ट्रोकले पछि पारे । दोस्रो दिनको संयुक्त लिडर सुवासले ५–अण्डर ६७ खेल्दै समग्रमा १४–अण्डर २ सय २ को स्कोरमा दोस्रो स्थान हात पारे ।

प्रोफेसनल गल्फरहरूलाई पछि पार्दै दुई एमेच्योर खेलाडीले अन्तिम १८ होलको खेल बाकी छँदा दाबेदारी प्रस्तुत गरेका छन् । डिफेन्डिङ च्याम्पियन तथा नम्बर एक प्रो शुक्रबहादुर राईले तेस्रो दिन १–अण्डर ७१ को स्कोर गरे । समग्रमा ७–अण्डर २ सय ९ सहित उनी चौथो स्थानमा रहेका छन् । शुक्र लिडर सद्भाव भन्दा नौ स्ट्रोकले पछि परिसकेका छन् ।

समग्रमा ५–अण्डर २ सय ११ को स्कोरमा दिनेश प्रजापती र भुवन नगरकोटीले संयुक्तरुपमा पाँचौ स्थान बाँडे । आज दिनेशले४–अण्डर ६८ र भुवनले १–अण्डर ७१ मा खेल सकाए । पूर्णप्रसाद शर्मा र शिवराम पौडेलले समग्रमा २–अण्डर २ सय १४ सहित संयुक्तरुपमा आठौं स्थान बाँडे । पूर्णले ६–अन्डर ६६ र शिवरामले १–ओभर ७३ मा तेस्रो दिनको खेल सके । ३–ओभर ७५ को स्कोर निकालेका तोरण विक्रम शाही समग्रमा १–अण्डर २ सय १५ सहित १० औं स्थानमा छन् ।

एमरच्योरतर्फ भने वाङचेन ढोन्डुप तेस्रो स्थानमा रहेका छन् । आज दुई ओभर ७४ खेलेका उनले समग्रमा ३–ओभर २ सय १९ स्कोर बनाए । युवा गल्फर सद्भावले लगातार दोस्रो दिन ७–अन्डर ६५ को नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन २–अण्डर ३४ मा सकाए । सुवासले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाउने क्रममा पहिलो, तेस्रो, चौथो, सातौं र नवौं होलमा एकरएक सट बचाए ।

छैटौं होलमा बोगी प्रहार गरे। ब्याक नाइन भने १–अण्डर ३५ मा पूरा गरे । १२ औं, १६औ र १८ औं होलमा बर्डी प्रहार गरेपनि १० औं र १४ औं होलमा एकरएक सट खेर फाले । नीरजले फ्रन्ट नाइनमा आज पनि उत्कृष्ट प्रदर्शन गरे । शुक्रले फ्रन्ट नाइन १–अन्डर ३५ र ब्याक नाइन इभन–पार ३६ मा सकाए । उनले पहिलो, चौथों, नवौं, १५ औं र १७ औं होलमा एकरएक सट बचाए । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको अन्तिम १८ होलको खेल शुक्रवार हुनेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal