(Friday , 10 May,2024)

क्रिकेटर सन्दिप लामिछाने आज दक्षिण अफ्रिका जाँदै

NepalNewsLine

NepalNewsLine

Image 1

२२ जेठ, काठमाडौं - बलात्कारको मुद्दा खेपिरहेका राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने सोमबार दक्षिण अफ्रिका जाने भएका छन् ।

जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दाको फैसलाको पेशी असार २९ गतेलाई तोकिएसँगै सन्दिप दक्षिण अफ्रिका जान पाउने भएका हुन् ।

जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनौटको तयारीका लागि नेपाली टोली अहिले दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको छ । उनको पेशी लगातार सर्दै आएकोले उनी टोलीसँग दक्षिण अफ्रिका जान पाएका थिएनन् ।

अब भने असारको अन्तिममा पेशी तोकिएपछि नेपाल क्रिकेट संघ क्यानले सोमबार उनलाई दक्षिण अफ्रिका पठाउन लागेको हो । विश्वकप क्रिकेटको ग्लोबल क्वालीफायर यही जुन १८ देखि जुलाई ९ सम्म जिम्बाबेमा हुँदैछ ।

प्रतियोगिताको समुह ‘ए’ मा नेपालसँगै वेष्ट इंडीज, जिम्बाबे, नेदरल्याण्ड्स र अमेरिका तथा समुह ‘बि’ मा श्रीलंका, स्कटल्याण्ड, आयरल्याण्ड, ओमान र युएई रहेका छन् ।

१० टोली सहभागि प्रतियोगिताबाट उत्कृष्ट दुई टोली विश्वकपमा छनौट हुनेछन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal