(Friday , 10 May,2024)

बागमती प्रदेश बेसबल तथा सफ्टबल संघ को प्रथम भेला सम्पन्न, ११ सदस्यीय तदर्थ समिती गठन

NepalNewsLine

NepalNewsLine

Image 1

३१ जेठ, काठमाडौं - राष्ट्रिय खेलकुद परिषद् मा दर्ता रहेको नेपाल बेसबल तथा सफ्टबल संघको बागमती प्रदेश संघको तदर्थ समित सुवास योन्जन तामाङको अध्यक्षतामा गठन भएको छ ।

नेपाल बेसबल तथा सफ्टबल संघका केन्द्रीय अध्यक्ष दीपक न्यौपानेको अध्यक्षतामा तथा प्रदेश खेलकुद विकास परिषद्का बोर्ड सदस्य बक्सिङका आईबा टु स्टार रेफ्री र जज धनकुमार मैनालीको प्रमुख आतिथ्यमा राखेप स्थित सभा हलमा सम्पन्न प्रथम भेलाले सुवास योन्जन तामाङको अध्यक्षतामा ११ सदस्यीय तदर्थ  समिति गठन गरेको हो ।

बागमती प्रदेश बेसबल तथा सफ्टबल संघको तदर्थ समितिको उपाध्यक्षमा श्वाकर मैनाली र विजय लामा, सचिवमा नरेन्द्र मोक्तान, कोषाध्यक्षमा हिरा थपलिया भण्डारी, सदस्यमा अशोक दुलाल, संगम लामा, अर्पणा भुजेल, सुदर्शन थोकर तामाङ्, सुजन रन्जितकार चयन भएका छन् ।

संघका केन्द्रीय सचिव सन्जिब फुयाल, कोषाध्यक्ष उपेन्द्र दोङ लामा, केन्द्रीय सदस्य सुरेन्द्र थपलिया, बिदुर ढुङ्गाना (तिलक) रोशन थापाको उपस्थितिमा सम्पन्न भेलाले तदर्थ समित गठन संगै नेपाल बेसबल तथा सफ्टबल संघको केन्द्रीय प्रतिनिधिमा सुवास योन्जन तामाङ, श्वाकर मैनाली र हिरा थपलिया भण्डारीलाई समेत चयन गरेको संघका अध्यक्ष दिपक न्यौपानेले जानकारी दिएजका छन् ।

२०७९ चैत २२ गते बुधबार राखेपले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को दफा ७ को खेल संघ स्थापना सम्वन्धी मापदण्ड पुरा गरि ३ (तीन) महिना भित्र विधान मस्यौदा तयार गरि परिषद्को स्विकृतीमा साधारण सभा तथा निर्वाचन गर्नु पर्ने सर्तअनुसार दिपक न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । केन्द्रको साधरण सभा २०८० असार २ र ३ मा सम्पन्न हुने समेत अध्यक्ष न्यौपानेले बताएकाछन् 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal