(Friday , 10 May,2024)

नेशन्स लिग खेल्ने राष्ट्रिय भलिबल टिमको बिदाइ

NepalNewsLine

NepalNewsLine

Image 1

३२ जेठ, काठमाडौं - नेपाल भलिबल संघले काभा नेशन्स लिग खेल्ने पुरुष राष्ट्रिय भलिबल टिमको बिदाइ गरेको छ ।

किर्गिस्तानको बिस्केकमा आउने असार ३ देखि १० सम्म हुने प्रतियोगिताका लागि नेपाल टिम शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

बिहीबार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले नेपाल टिमको बिदाइ गरेका हुन् ।

सेन्ट्रल एसियन भलिबल संघ (काभा) अन्तर्गत माथिल्लो वरीयताका टिमहरुसँग नेपालले नेशन्स लिगमा प्रतिस्पर्धा गर्दैछ ।

यो प्रतियोगितालाई नेपालले साउनमा श्रीलंकामा हुने सेन्ट्रल एसियन सिनियर मेन्स भलिबल प्रतियोगिता र असोजमा हुने एसियाली खेलकुदको तयारीका रुपमा लिएको छ ।

प्रतियोगितामा आयोजक किर्गिस्तानसँगै नेपाल, इरान, मंगोलिया, काजकस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान छन् ।

प्रतियोगिता राउण्ड रोविन प्रणालीमा हुनेछ । कप्तान परिवर्तन नेपाल टिममा कप्तान परिवर्तन गरिएको छ ।

इम रानामगर टिममा नहुँदा ३० वर्षीय हरिहजुर थापालाई कप्तानको जिम्मेबारी दिइएको छ । इम र हरिहजुर दुवै सेटर पोजिसनका खेलाडी हुन् ।

त्रिभुवन आर्मी क्लबका हरिहजुरले नयाँ जिम्मेबारीका साथ आफू उत्साहित रहेको बताए ।

त्यस्तै टिमका नियमित लिबेरो इश्वर थापामगर पनि यसपल्ट छैनन् । उनको स्थानमा नेपाल पुलिस क्लबका भीमबहादुर गाहा मगरले नेपाल टिमको प्रतिनिधित्व गर्नेछन् ।

प्रशिक्षक जगदीश भट्ट र सहायक प्रशिक्षक भरत यादवको प्रशिक्षणमा नेपाल टिमले एक महिना तयारी गरेको हो ।

आर्थिक अभाव भन्दै नेपाल भलिबल संघले यो प्रतियोगिताका लागि टिमको बन्द प्रशिक्षण भने राखेको थिएन ।

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal