(Saturday , 11 May,2024)

क्यानले थाल्यो सन्दिप लामिछाने लाई दक्षिण अफ्रिका पठाउने तयारी

NepalNewsLine

NepalNewsLine

Image 1

२१ जेठ, काठमाडौं - नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।

बलात्कारको आरोप लागेका लामिछानेको पेसी जिल्ला अदालत काठमाडौंको असार २९ गतेका लागि सारेपछि क्यानले उनलाई दक्षिण अफ्रिका पठाउन लागेको हो ।

जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली क्रिकेट टिम दक्षिण अफ्रिकामा छ । तर याी बीचमा लामिछानेको मुद्दाको पेसी परेको भन्दै क्यानले उनलाई टोलीसँगै पठाएको थिएन ।

तर अहलिे पेसी सरेपछि उनलाई जतिसक्दो छिटो दक्षिण अफ्रिका पठाउन लागिपरेको क्यानका कार्यकारी सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

‘सन्दीपको मुद्दाको पेसी असार २९ गतेका लागि सरेपछि हामी उनलाई भोलि ९सोमबार० बेलुका दक्षिण अफ्रिका पठाउने तयारीमा छौं’, पाठकले  भने ।

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal