३१ वैशाख, काठमाडौं - सहीद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको जावलाखेल युथ क्लबले दुई गोलको अग्रता जोगउन नसक्दा मनाङ मर्स्याङ्दी क्लबसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ ।
च्यासल मैदानमा आइतबार भएको खेलमा मनाङले अन्तिम १० मिनेटमा दुई गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।
३३औं मिनेटमा एनकोतो मासोबीले गोल गर्दै जावलाखेललाई पहिलो हाफमा अग्रता दिलाएका थिए । ७५ औं मिनेटमा हिसुब थपलियाले गोल गर्दै गर्दै अग्रता दोब्बर पारेपछि जवालाखेल जितनजिक पुगेको थियो ।
तर अग्रता कायम राख्न सकेन । मनाङका लागि ८०औं मिनेटमा बिसोन गुरुङ र ९०औं मिनेटमा सुमित महर्जनले गोल गर्दै खेल बराबरी गरे ।
चौथो बराबरीपछि जावलाखेलले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउने अवसर गुमाएको छ ।
९ जित ४ बराबरी र ५ हारको नतिजा निकालेको जावलाखेल १८ खेलबाट ३१ अंकसहित शीर्ष स्थानमा छ ।
एक खेल कम खेलेको चर्च ब्वाइज युनाइटेड ३० अंकसहित दोस्रो स्थानमा छ । मनाङको १८ खेलबाट २२ अंक भएको छ ।
प्रतिक्रिया