(Friday , 10 May,2024)

बार्सिलोना को शानदार जित

NepalNewsLine

NepalNewsLine

Image 1

१५ जेठ, काठमाडौं - स्पेनिस ला लिगा फुटबलमा च्याम्पियन बार्सिलोनाले सिजनको अन्तिम खेलमा जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई ३-० गोल अन्तरले हराएको हो ।

बार्सिलोनालाई जित दिलाउन अन्सु फातीले दुई तथा गाभीले एक गोल गरे ।

खेलको पहिलो मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।

१४ औं मिनेटमा अमाथ एनडीएले रातो कार्ड पाएपछि मालोर्का १-० खेलाडीमा समेटियो ।

खेलको २४ औं मिनेटमा फातीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७० औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।

जितसँगै बार्सिलोनाले ३७ खेलमा ८८ अंक जोड्यो ।

मालोर्का ४७ अंक जोडेर १२ औं स्थानमा रह्यो ।  

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal