(Sunday , 12 May,2024)

सातामा २० अंक घट्यो नेप्से

NepalNewsLine

NepalNewsLine

Image 1

९ भाद्र, काठमाडौँ - यो साता नेपाल स्टक एक्सचेन्ज परिसूचक २० अंकले घटेको छ । गत साताको बिहीबारको तुलनामा यो साताको सोही अवधिसम्म २० अंकले घटेर परिसूचक बन्द भएको हो ।

गत साताको बिहीबार नेप्से परिसूचक २०३३ अंकमा थियो । जुन, यो साता १ प्रतिशतले घटेर २०१३ अंकमा आएर रोकिएको हो । 

यो साता ५ दिन कारोबार भएको नेप्से परिसूचक ३ दिन घटेको थियो । २ दिन भने परिसूचक बढेको थियो । सातामा आइतबार, सोमबार र बिहीबार परिसूचक घटेको हो ।

आइतबार २१ अंकले घटेको परिसूचक सोमबार १२ अंकले घटेको थियो ।

यस्तै, साताको अन्तिम कारोबार दिन ३१ अंकले परिसूचक घटेको थियो । यसबाहेक, मङ्गलवार १७ अंक र बुधवार २९ अंकले बढेको थियो । परिसूचकसँगै यो साता कारोबार रकम पनि घटेको छ ।

नेप्सेमा यो साता ७ अर्ब २५ करोड रुपैयाँ हाराहारीको कारोबार भएको छ । जुन गत साताको तुलनामा ३ अर्ब २५ करोडले कम हो । गत साता नेप्सेमा १० अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

परिसूचक र कारोबार रकम घटेको साता नेप्सेको पुँजीकरण समेत घटेको छ । यो साता १ प्रतिशतले पुँजीकरण घटेर ३० खर्ब १४ अर्ब रुपैयाँमा आएको छ । गत साता नेप्सेको पुँजीकरण ३० खर्ब ४३ अर्ब रुपैयाँ थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal