(Sunday , 12 May,2024)

नेप्सेमा १.०८ प्रतिशतको गिरावट, कारोबार रकम निरन्तर घट्दै

NepalNewsLine

NepalNewsLine

Image 1

३ भदौ, काठमाडौं - सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशत भन्दा बढीको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २१.९९ अंकले गिरावट हुँदा २०११.१४ को विन्दुमा बन्द भएको छ । जुन गत बिहीबारको तुलनामा १.०८ प्रतिशतले घटेको हो ।

१ भदौदेखि लागू हुने निक्षेपको ब्याजदर अधिकांश बैंकले बढाउँदा लगानीकर्ता थप निराश भएका हुन् । लगातार ३ दिन घटेर गत बिहीबार सामान्य बढेको नेप्से आइतबार पनि गिरावट भएको छ ।

नेप्सेमा आइतबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । हाइड्रोपावर उपसूचक सर्वाधिक २.३४ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.८५ प्रतिशतले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक ०.२८ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि गिरावट हुँदै गएको छ । लगातार २ अर्ब माथिको कारोबार भएको बजारमा गत बुधबारदेखि कारोबार २ अर्बभन्दा तल झरेको थियो । गत बुधबार १ अर्ब ६७ करोड र बिहीबार १ अर्ब ५२ करोडको कारोबार भएको बजारमा आइतबार कारोबार रकम घटेर डेढ अर्बबाट पनि तल झरेको हो । आइतबार १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँमा झरेको छ ।

आइतबार नेप्सेमा नेप्सेमा ४३ हजार ३४६ वटा कारोबारमा ४४ लाख ५९ हजार ४५९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । घट्दो बजारमा आइबार आईएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक ६ करोड ६३ लाखको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ४ करोड ६४ लाख र जिवन विकास लघुवित्तको ४ करोड ५३ लाखको कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल २२७ सूचीकृत कम्पनीको सेयर कारोबारमा आएका छन् । जसमध्ये १९० कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २९ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै ८ कम्पनीको सेयरमूल्य स्थिर छ । आइतबार कारोबार भएकामध्ये फर्वाड लघुवित्तको सेयरमूलय ४.५७ प्रतिशतले वृद्धि हुँदा आरएसडीसी लघुवित्तको सेयरमूल्य ४ प्रतिशत र सानिमा लार्ज क्याप फण्डको इकाइमूल्य ३.९७ प्रतिशतले गिरावट भएको छ ।

यता १०.३५ प्रतिशतको कृषि विकास बैंक ऋणपत्र २०८३ को इकाइमूल्य १० प्रतिशतले गिरावट हुँदा अपर स्याङ्‍गे हाइड्रोपावरको इकाइमूल्य ९.०२ प्रतिशतले गिरावट भएको छ । यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाइमूल्य ८.४५ प्रतिशत र ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्य ७.३१ प्रतिशतले गिरावट भएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal