११ साउन, काठमाडौं - मौद्रिक नीतिपछि लगातार घट्दै आएको शेयर बजार परिसूचक नेप्से साताको कारोबारको अन्तिम दिन बिहीबार पनि दोहोरो अंकले घटेको छ ।
बिहीबार २९ अंकले घट्दा नेप्से सूचक २१ सय २६ अंकमा थामिएको छ ।
बिहीबार १ सय ९३ कम्पनीको शेयर मूल्य घट्दा १६ कम्पनीको मात्र वृद्धि भएको छ । ९ कम्पनीको शेयरमूल्य भने स्थिर रह्यो । कारोबारमा आएका सबै समूहका परिसूचक राताम्मे भएका छन् ।
बिहीबार सबैभन्दा धेरै वित्त, होटल तथा टुरिजम, व्यापार र अन्य समूहको शेयर मूलयमा २ प्रतिशतले गिरावट आएको छ ।
अधिकांश समूह १ प्रतिशतले ओरालो लागेको छ । एनआईसी एसिया फ्लेक्सि क्यापिटल फण्डको शेयरमूल्य ७ प्रतिशतले वृृद्धि हुदा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था लिमिटेड र इमर्जिङ् नेपाल लिमिटेडको शेयर मूल्य ५ प्रतिशतले वृृद्धि भएको छ ।
किसान लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य ८ प्रतिशतले घटेको छ भने प्रोग्रसिफ फाइनान्स लिमिटेड, माई खोला हाइड्रोपावर लिमिटेड लगायत अन्यको शेयर मूल्य ४ प्रतिशतले घटेको छ ।
बिहीबार शिवम् सिमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । जसको १० करोड ५७ लाख माथिको कारोबार भएको हो । बिहीबार २ सय ७१ कम्पनीको ६२ लाख कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ४२ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया