(Sunday , 12 May,2024)

यो वर्ष नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै हुने

NepalNewsLine

NepalNewsLine

Image 1

१९ वैशाख, काठमाडौं - राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०७९.८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने अनुमान गरेको छ ।

सरकारले चालु आर्थिक वर्षका बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । तर, मंगलबार तथ्यांक कार्यालयले आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो ।
उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ । नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९.८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने कार्यालयको अनुमान छ । आर्थिक वृद्धिको यो अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमान भन्दा कम हो ।

यसअघि एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२.२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेका थिए ।
कोभिड-१९ का कारण आर्थिक वर्ष २०७६.७७ मा नेपालको आर्थिक वृद्धिदर २.४ प्रतिशतले संकुचित भएको थियो । आर्थिक वर्ष २०७७.७८ मा ४.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएकोमा गत आर्थिक वर्ष २०७८.७९ मा ५.३ प्रतिशत आर्थिक वृद्धिदर भएको केन्द्रीय तथ्यांक कार्यालयको तथ्यांक छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal