(Sunday , 12 May,2024)

साताको सेयर बजार स् २० अंकले नेप्से घट्दा २ अर्ब ८९ करोडमा कारोबार 

NepalNewsLine

NepalNewsLine

Image 1

२२ वैशाख, काठमाडौं - यो साताको सेयर बजार पनि निकै कमजोर स्थितिबाट गुज्रिन पुग्यो । कूल नेप्से सूचकमा २० अंकको गिरावट हुँदा कारोबार २ अर्ब ८९ करोडमा झर्न पुगेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता २०।०३ अंकले नेप्से सूचक घट्दै १८ सय ६९।७३ अंकको विन्दुमा झर्न पुगेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार यस्तो नेप्से सूचक १८ सय ८९।७५ अंकको विन्दुमा अडिएको थियो ।

सातामा २०.३ अंकले नेप्से घट्दै गर्दा यता २ अर्ब ८९ करोड ६९ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । साताको चार दिन खुलेको बजारमा तीन दिन लगातार माइनसमा गएको नेप्से सूचक अन्तिम दिन बिहीबार (वैशाख २२ गते) एक दिन मात्र १२.७३ अंकले बढेको छ । 

आइतबार १९.०९ अंकले घटेको नेप्से मंगलबार र बुधबार क्रमश ४.२६ अंकले र ९.४१ अंकले घटेको थियो । सोमबार भने मे १, अन्तर्राष्ट्रिय श्रमिक बिदाको दिन हुँदा बजार बन्द रह्यो ।

मार्केट क्यापिटलाइजेशन २८ अर्बले घट्यो

यद्यपि, यो साता मार्केट क्यापिटलाइजेशन भने २८ अर्ब ७८ करोड ३० लाख रुपैयाँले घट्न पुगेको छ । अघिल्लो हप्ताको अन्तिम दिन २७ खर्ब ५३ अर्ब ४४ करोड ८० लाख रुपैयाँ बराबर रहेको सेयर मार्केट क्यापिटलाइजेशन यस साताको अन्तिम दिनसम्म आइपुग्दा घटेर २७ खर्ब २४ अर्ब ६६ लाख ४० हजार रुपैयाँ झरेको छ । 

अघिल्लो साता यस्तो मार्केट क्यापिटलाइजेशन जम्मा ६ अर्ब रुपैयाँले मात्र घटेको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal