(Saturday , 11 May,2024)

साता मै सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो

NepalNewsLine

NepalNewsLine

Image 1

२३ वैशाख, काठमाडौं - यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म तोलामा २७ सय रुपैयाँले सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १ सय रुपैयाँ थियो । जुन, निरन्तर बढ्दै १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । यो साताको शुक्रबार भने सुनचाँदीको कारोबार भएको थिएन ।

यो साताको आइतबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको थियो । सोमबार २ सय रुपैयाँले घटेको सुनको मूल्य मंगलबार पुनः २ सय रुपैयाँले घटेको थियो ।

तर, बुधबार सुनको मूल्य एकै दिन तोलामा १८ सय रुपैयाँले र बिहीबार पुनः १२ सय रुपैयाँले उकालो लागेको थियो । यस्तै, यो साता तेजाबी सुनको मूल्य समेत तोलामा १ लाख ११ हजार २ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, यो साता चाँदीको मूल्य समेत तोलामा ३५ रुपैयाँले उकालो लागेको छ ।

गत साताको शुक्रबार १४ सय १० रुपैयाँ रहेको चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ पुगेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal