(Saturday , 11 May,2024)

आइतबार दोहोरो अंकले घट्यो नेप्से

NepalNewsLine

NepalNewsLine

Image 1

२४ वैशाख, काठमाडौं ।  हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव १२ अङ्कले घटेर एक हजार आठ सय ५० दशमलव ६१ बिन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेकोमा फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले घटेको छ ।

बजारसँगै कारोबार रकममा पनि निकै कमी आएको छ । २ सय ६३ वटा कम्पनीका २० लाख १५ हजार कित्ता शेयर ६० करोड ८१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर झण्डै साढे ८ प्रतिशत तथा घलेम्दी हाइड्रो, मन्दाकिनी हाइड्रो र श्वेत गंगा हाइड्रोको शेयर साढे पाँच प्रतिशतले घटेको छ।

समग्रमा बजार राताम्मे भए पनि आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर ८ प्रतिशत र इर्स्टन हाइड्रोपावर कम्पनीको शेयर साढे सात प्रतिशतले बढेको छ। 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal