(Saturday , 11 May,2024)

साताको अन्तिम दिन २९ अंकले घट्यो नेप्से

NepalNewsLine

NepalNewsLine

Image 1

 ११ साउन, काठमाडौं - मौद्रिक नीतिपछि लगातार घट्दै आएको शेयर बजार परिसूचक नेप्से साताको कारोबारको अन्तिम दिन बिहीबार पनि दोहोरो अंकले घटेको छ ।

बिहीबार २९ अंकले घट्दा नेप्से सूचक २१ सय २६ अंकमा थामिएको छ ।

बिहीबार १ सय ९३ कम्पनीको शेयर मूल्य घट्दा १६ कम्पनीको मात्र वृद्धि भएको छ । ९ कम्पनीको शेयरमूल्य भने स्थिर रह्यो । कारोबारमा आएका सबै समूहका परिसूचक राताम्मे भएका छन् ।

बिहीबार सबैभन्दा धेरै वित्त, होटल तथा टुरिजम, व्यापार र अन्य समूहको शेयर मूलयमा २ प्रतिशतले गिरावट आएको छ ।

अधिकांश समूह १ प्रतिशतले ओरालो लागेको छ । एनआईसी एसिया फ्लेक्सि क्यापिटल फण्डको शेयरमूल्य ७ प्रतिशतले वृृद्धि हुदा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था लिमिटेड र इमर्जिङ् नेपाल लिमिटेडको शेयर मूल्य ५ प्रतिशतले वृृद्धि भएको छ ।

किसान लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य ८ प्रतिशतले घटेको छ भने प्रोग्रसिफ फाइनान्स लिमिटेड, माई खोला हाइड्रोपावर लिमिटेड लगायत अन्यको शेयर मूल्य ४ प्रतिशतले घटेको छ ।

बिहीबार शिवम् सिमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । जसको १० करोड ५७ लाख माथिको कारोबार भएको हो । बिहीबार २ सय ७१ कम्पनीको ६२ लाख कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ४२ करोड माथिको कारोबार भएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal