(Sunday , 12 May,2024)

राजस्वको निर्धारित लक्ष्य भेटाउन कर्मचारीलाई अर्थमन्त्री महतको निर्देशन

author

Anonymous

Image 1

९ साउन, काठमाडौं । राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीलाई निर्देशन दिएका छन् ।

आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणकाक्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री डा। महतले यस्तो आग्रह गरेका हुन् ।

नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजश्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न मन्त्री डा। महतले आग्रह गरे ।

‘विविध कारणले गत वर्ष लक्ष्य भेट्न सकिएन । यसपालि पनि त्यस्तै हो भन्न पाइँदैन, मन्त्री डा। महतले भने, ‘अर्थतन्त्र गतिशील हुँदैछ, सँगैसँगै करको दायरा हामीले फराकिलो बनाएका छौं ।’
मूल्य अभिवृद्धि कर ९भ्याट० विस्तारै हट्दै गएको र त्यसले राजश्व संकलनमा असर पुगेकोले भ्याटलाई पुनः प्रवेश गराएको जानकारी दिए । ‘नयाँ मूल्य अभिवृद्धि कर कसरी लागू गर्ने भन्ने बारेमा तपाईंहरु पूर्णरुपमा प्रशिक्षित हुनुपर्छ,’ उनले अघि भने, ‘ट्राभल्समा लाग्ने कर एयरलाइन्सले नै तिर्ने हो । त्यसको रेकर्ड आन्तरिक राजश्व कार्यालय पनि राख्नुपर्छ ।’

स्याउ, आलु र प्याजमा पनि कर लागेको तर त्यो भन्सारमा मात्र लाग्ने बताउँदै उनले भ्याट लागेको स्टोरबाट सामान बिक्री हुन्छ भने त्यहाँ उसले भ्याट जोड्नुपर्ने बताए ।

मन्त्री महतले निर्धारण गरेको लक्ष्य प्राप्त हुनुपर्ने भन्दै अब कर्मचारीको कामका आधारमा मूल्यांकन हुने बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal