(Saturday , 11 May,2024)

मौद्रिक नीतिले शेयर बजार चम्कियो, आइतबार नेप्समा ६३ अंकको वृद्धि

NepalNewsLine

NepalNewsLine

Image 1

मौद्रिक नीति सार्वजनिक भएसँगै शेयर बजार चम्किएको छ । मौद्रिक नीतिको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिँदा आइतबार नेप्से ६३.३४ अंकले वृद्धि भएको छ । आज नेप्से २२२७.१६ अंकमा आएको छ ।

खरिदिबिक्री रकममा पनि उत्साह देखिएको छ । यस दिन ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सबै समूह बढेका छन् । त्यसमध्ये पनि वाणिज्य बैंक र विकास बैंक समूहहरु अझ बढी चम्किएका छन् ।

समग्र नेप्से सूचकमै २.९२ प्रतिशतको वृद्धि भएको छ । मौद्रिक नीतिमार्फत सेयर बजारलाई राहत दिने घोषणा गरिएको छ ।

जसअनुसार सेयर धितो कर्जामा विद्यमान जोखिमभार घटाइने भएको छ । यस्तै, ब्याजदर घटाउँदै जाने नीति पनि लिइएको छ । यही कारण आइतबार सेयर बजारमा उत्साह थपिएको हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal