(Sunday , 12 May,2024)

पछिल्लो एक वर्षमा पेट्रोलियम पदार्थको आयातमा १३ प्रतिशतले कमी

NepalNewsLine

NepalNewsLine

Image 1

६ साउन, काठमाडौं - पछिल्लो एक वर्षमा मुलुकमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेको छ ।

नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९/८० मा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेर दुई खर्ब ८१ अर्ब ७३ करोड २६ लाख रुपैयाँ बराबरको २७ लाख ८२ हजार ८३२ किलोलिटर आयात भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा तीन खर्ब आठ अर्बको ३१ लाख ८९ हजार ७१६ किलोलिटर आयात भएको थियो ।

त्यतिबेला रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि दोब्बर रुपैयाँको आयात भएको थियो ।

यस्तै, पेट्रोलको आयात ७ दशमलव ७५ प्रतिशतले घटेर छ लाख ७७ हजार ११६ किलोलिटर आयात भएको निगमको तथ्यांक छ ।

मटितेल आयात २४ दशमलव ६१ प्रतिशतले घटेर १३ हजार किलोलिटर आयात भएको छ । यस्तै, खाना पकाउने एलपिजी ग्यास भने ५ दशमलव ३४ प्रतिशतले घटेर पाँच लाख १२ हजार १७३ मेट्रिक टन आयात भएको तथ्यांक छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal