(Sunday , 12 May,2024)

 आजदेखि चालू आर्थिक वर्षको सबै खाले  सरकारी  लभुक्तानी कार्य बन्द

NepalNewsLine

NepalNewsLine

Image 1

 आजदेखि चालू आर्थिक वर्षको सबै खाले  सरकारी  लभुक्तानी कार्य बन्द हुँदैछन्  ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आज राती १२ बजेबाट लागू हुने गरी नियमले निर्दिष्ट गरेको कामको लागि बाहेक निकासा भुक्तानी नहुने र प्रणाली समेत बन्द रहने भएको हो ।

संघ, प्रदेश र स्थानीय तहको आर्थिक वर्ष समाप्त हुनु एक साता अघि निकासा भुक्तानी र प्रणाली समेत बन्द हुनेछ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० को उपनियम १ र २ बमोजिम संघीय कार्यालयहरूमा भुक्तानी बन्द हुनेछ भने प्रदेश र स्थानीय तहको हकमा सोही नियमको उपनियम ७ र ८ बमोजिम बन्द हुनेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal