(Sunday , 12 May,2024)

सातामा सामान्य अंकले घट्यो सेयर बजार

NepalNewsLine

NepalNewsLine

Image 1

२२ असार, काठमाडौं - साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ।

नेप्से परिसूचक ०.०६ अंकले घटेर २०४९.३८ विन्दुमा अडिएको छ।

२८० कम्पनीको  ९७ लाख ५१ हजार ९८५ कित्ता सेयर ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भयो।

ओरालो लागेको बजारमा दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सिटी होटल र रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो।

यसैगरी अपर तामाकोशी हाइड्रोपावरको ९.८५ र जोशी हाइड्रोपावर डेभलपमेन्टको ९.३३ प्रतिशतले मूल्य बढ्यो।

कारोबारमा आएका १३ उपसमूहमध्ये ६ को सूचक बढ्दा ७ को ओरालो लाग्यो। डेभलपमेन्ट बैंक,होटल एन्ड टुरिजम, हाइड्रो पावर,लाइफ इन्स्योरेन्स,मनु एन्ड प्रो र ट्रेडिङ उपसमूह बाहेक बाँकी ६ उपसमूहको सूचक नकारात्मक देखियो।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal