(Sunday , 12 May,2024)

यो साता कति घट्यो सुनको मूल्य ?

NepalNewsLine

NepalNewsLine

Image 1

१६ असार, काठमाडौँ - यो साता सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम थियो ।

जुन, यो साताको शुक्रबार छापावाल सुनको मूल्य १ लाख ९ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० रुपैयाँ कायम छ ।

यस्तै, यो साता चाँदीको मूल्यमा भने बढोत्तरी भएको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा २५ रुपैयाँले बढेको हो ।

गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार १३ सय ६० रुपैयाँ कायम छ ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal