(Sunday , 12 May,2024)

कर्जाको माग कम हुँदा बैंकहरुमा पैसा थुप्रिन थाल्यो, बैंकहरुसँग ४० अर्ब रुपैयाँ तरलता

NepalNewsLine

NepalNewsLine

Image 1

८ असार, काठमाण्डौ - कर्जाको माग कम हुँदा बैंकहरुमा पैसा थुप्रिन थालेको छ । बैंकमा पैसा थुप्रिन थालेपछि नेपाल राष्ट्र बैंकले मौद्रिक औजार अर्थात् रिभर्स रिपो जारी गरिरहेको छ ।

राष्ट्र बैंकले मागेको रिपोमा माग भन्दा धेरै दाबी परेको छ । पछिल्लो पटक राष्ट्र बैंकले १० अर्ब रुपैयाँको रिभर्स रिपोको माग गरेकोमा २६ अर्ब ३३ करोड रुपैयाँको आवेदन परेको छ ।  गएको चैतमा पनि राष्ट्र बैंकले माग गरे भन्दा धेरै रकम जम्मा गर्न बैंकहरुले आवेदन दिएका थिए । अहिले बैंकहरुसँग ४० अर्ब रुपैयाँ तरलता रहेको  राष्ट्र बैंकले अनुमान गरेको छ ।

तरलता बढेपछि त्यसलाई तान्न राष्ट्र बैंकले चालु आर्थिक वर्षमा दोस्रो पटक रिभर्स रिपो जारी गरेको थियो । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको १० महिना अर्थात् साउनदेखि वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ७ दशमलव ३ प्रतिशतले बढेको छ तर निजी क्षेत्रमा प्रवाहित कर्जा ३ दशमलव ३ प्रतिशतले मात्रै बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ दशमलव ४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३ दशमलव १ प्रतिशत रहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal