(Saturday , 11 May,2024)

नेपालको हवाई क्षेत्र युरोपेली यूनियनको कालोसूचीबाट हट्न सकेन

NepalNewsLine

NepalNewsLine

Image 1

२७ जेठ, काठमाडौं - नेपाल युरोपेली यूनियन (ईयू) को ‘एभिएसन सेफ्टी लिस्ट (कालोसूची) बाट हट्न सकेको छैन ।

यूनियनको मे मा बसेको सुरक्षा काउन्सिलको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीलाई कालो सूचीमा दोहोर्‍याएको हो ।

सुरक्षा काउन्सिलको बैठक मे र नोभेम्बर महिना गरि वर्षमा दुई पटक बस्ने गरेको छ । सो बैठकले मात्र यो सूची पुर्नरावलोकन गर्छ । ईयूले बुधबार उक्त सूची सार्वजनिक गरेको हो । सोही कारण अब कम्तीमा ६ महिना नेपाल कालोसूचीमा यथावत रहने निश्चित भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस पटक पनि नेपाल कालोसूचीबाट हट्न नसक्नुमा १ माघ २०७९ का दिन पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मुख्य कारण हो । पोखरा दुर्घटनामा ७२ जनाको ज्यान गएको थियो ।

नेपाल सन् २०१३ यता निरन्तर ईयूको कालोसूचीमा रहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal