(Sunday , 12 May,2024)

साताको सेयर बजार स् ७३ अंकले नेप्से बढ्दा १० अर्ब १५ करोडको कारोबार   

NepalNewsLine

NepalNewsLine

Image 1

२६ज जेठ , काठमाडौँ - अघिल्लो साता झन्डै ९३ अङ्कले बढ्दै १८ सय ६६ अङ्कको विन्दुमा उक्लिएको नेप्से सूचकमा यो साता थप ७३ अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार यो साता नेप्से सूचक ७३.२७ अङ्कले बढ्दै १९३९.६१ अङ्कको विन्दुमा उक्लिएको हो ।  अघिल्ला साताको अन्तिम कारोबार दिन बिहीबार अर्थात् जेठ १८ गते नेप्से सूचक १८ सय ६६.३४ अङ्कको विन्दुमा रहेको थियो भने यो साताको बिहीबार १९ सय ३९.६१ अङ्कको विन्दुमा पुगेको छ ।                                                                                                                                                                  यद्यपि, अघिल्लो साताको तुलनामा केही अङ्कले नेप्से सूचक वृद्धि घट्दै गर्दा यता कारोबार रकम समेत घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कूल १० अर्ब १५ करोड २१ लाख २ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  अघिल्लो हप्ता झन्डै ९३ अङ्कले नेप्से बढेको बजारमा १० अर्ब ७४ करोड ६३ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको थियो ।  

                            

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal