(Sunday , 12 May,2024)

 घोराही सिमेन्टको आईपीओ कर्मचारीले नै किनेनन्

NepalNewsLine

NepalNewsLine

Image 1

२५ जेठ, काठमाडौं - प्रिमियम मूल्यमा आईपीओ निष्कासनमा ल्याएको घोराही सिमेन्टको शेयर आफ्नै कर्मचारीले नकिनेपछि कम्पनी दबाबमा परेको छ । कम्पनीले आफ्नै कर्मचारीलाई छुट्याएको सेयरको ५ प्रतिशत मात्रै बिक्री भएको छ ।

त्यसैगरी सामूहिक लगानी कोषका लागि छुट्याएको शेयरसमेत पूरा बिक्री भएन । सामूहिक लगानी कोषहरुले धितोपत्र बजारमा लगानी गर्न बजार विश्लेषण गर्ने कर्मचारी नै राखेर विश्लेषण गरिरहेका हुन्छन् । सामूहिक लगानी कोष र कर्मचारीलाई आरक्षण गरिएको सेयर सबै नबिकेपछि घोराही सिमेन्टले उक्त सेयर समेत थप गरेर सर्वसाधारणलाई निष्कासन गर्ने भएको छ ।

कम्पनीले धितोपत्र बोर्डबाट उद्योग प्रभावित स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँमा आईपीओ निष्कासन गर्ने स्वीकृति पाएको थियो । यस्तै सर्वसाधारण, कर्मचारी, सामूहिक लगानी कोष र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्ने स्वीकृति पाएको थियो ।

आयोजना प्रभावित स्थानिय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषले खरिद नगरेको सेयर समेत थप गरी ३२ जेठबाट कम्पनीले सर्वसाधारणलाई सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले १९ वैशाखमा वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग प्रभावित क्षेत्र दाङ तथा रोल्पाका स्थानीयलाई प्राथमिक सेयर (आईपीओ) बिक्रीमा ल्याएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal