(Saturday , 11 May,2024)

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तयारी सुरु

NepalNewsLine

NepalNewsLine

Image 1

२२ जेठ, काठमाडौं - नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि मौद्रिक नीतिको तयारी सुरु गरेको जनाएको छ ।

यसका लागि केन्द्रिय बैकले सर्वसाधारण तथा सरोकारवालासँग सुझाव संकलन गर्न सुरु गरेको छ ।

असार १० गतेभित्र आफ्नो सुझाव आर्थिक अनुसन्धान विभागमा पठाउन पनि राष्ट्र बैकले आह्वान गरेको छ । संवैधानिक व्यवस्था अनुसार गत १५ गते बजेट सार्वजनिक गरेपछि राष्ट्र बैंकले पनि मौद्रिक नीतिको तयारी थालेको हो ।

आगामी वर्ष सरकारले ६ प्रतिशतको आर्थिक बृद्धि लक्ष्य राखेको छ । यो लक्ष्य प्राप्तीका लागि मौद्रिक पक्षबाट राष्ट्र बैंकले आवश्यक सहयोग गर्नु पर्छ । राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने सम्बन्धि बनाएको कार्यविधि अनुसार साउन ७ गतेभित्र मौद्रिक नीति ल्याउनु पर्ने हुन्छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal