(Saturday , 11 May,2024)

सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

NepalNewsLine

NepalNewsLine

Image 1

१५ जेठ, काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०८० र ०८१ को बजेट आज सोमबार सार्वजनिक गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार अपराह्न संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । राजश्व संकलन उच्च दरमा घटेका कारण स्रोत जुटाउने दबावमा परेका अर्थमन्त्री महतले १७ खर्ब रुपैयाँ आसपासको बजेट ल्याउने तयारी गर्नुभएको बुझिएको हो ।

गत वर्ष सरकारले १७ खर्ब ९३ अर्बको बजेट ल्याएकोमा मध्यावधि समीक्षामार्फत बजेटको साइज कटौती गरी १५ खर्ब ४९ अर्बमा सीमित गरिएको थियो । अर्थमन्त्री महतले बजेटमा आर्थिक सुधारका कार्यक्रमहरु समेट्ने र स्रोत सुनिश्चित नभएका आयोजनाहरु कटौती गर्ने बुझिएको छ ।

यस्तै, विभिन्न नामका समितिहरु पनि खारेज हुने संभावना रहेको छ । ठूला परियोजनाहरु नथपिने भएका छन् । यस्तै, केही संस्थानहरुको निजीकरण तथा मर्जको कार्यक्रम पनि आउने बुझिएको छ ।

सदा झैं मदिरा र सूर्तिजन्य पदार्थको कर बढ्ने पक्का छ भने यस पटक विद्युतीय सवारीमा पनि करको बोझ थपिने र कर्मचारीको तलब नबढ्ने र सामाजिक सुरक्षा भत्ता पनि नबढ्ने बुझिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal