(Saturday , 11 May,2024)

शेयर बजारमा सामान्य सुधार, कारोबार ६४ करोड

NepalNewsLine

NepalNewsLine

Image 1

२ जेठ, काठमाडौं - निरन्तरजसो वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजार सोमबार झिनो अंकले हरियो रह्यो ।

उतार चढावबीच बजार परिसूचक नेप्से ३ अंकले सकारात्मक रहेर १८ सय २१ कायम भएर थामियो । कारोबार ६४ करोड बराबरमा खुम्चियो ।

यसदिन मात्र वाणिज्य बैंक र अन्य समूहबाहेक अरु समूह हरियो रहे । निर्जीबन बीमा समूहमा सबैभन्दा उच्च करिब १ प्रतिशतको वृद्धि आयो । लघुवित्त, होटल तथा पर्यटन, जलविद्युत र जीवन बीमा समूह दोहोरो अंकले सकारात्मक रहँदा बाँकी सामान्य अंकले हरियो रहेका हुन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ६९ कम्पनीको २० लाख बढी कित्ता शेयर जम्मा ६४ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसदिन १ सय ३६ कम्पनीको मूल्य बढ्दा ६३ को घटेको पनि नेप्सेले जनाएको छ ।

यसदिन पनि आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत कमाउँदा माईखोला जलविद्युतका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत नै गुमाए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal