(Sunday , 19 May,2024)

ललितपुरको बाफलमा आगलागी, ५ जना घाइते

NepalNewsLine

NepalNewsLine

Image 1

ललितपुर । ललितपुरको एक टहरामा आगलागी हुँदा पाँच जना घाइते भएका छन्। 

आइतबार बिहान करिब १० बजे ललितपुर महानगरपालिका वडा नम्बर १७ बाफलस्थित टहरामा आगलागी भएको हो। 

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार टिनले छाएको टहरोभित्र मोबिल राखेको ठाउँमा आगलागी हुँदा पाँच जना घाइते भएका हुन्।

आगलागी नियन्त्रणमा लिन पाँच वटा दमकलको प्रयोग गरिएको छ। आगलागी नियन्त्रणमा आउने क्रममा रहेको एसपी सुवेदीले बताए। 

‘मोबिल राखेको ठाउँ भएकाले आगो नियन्त्रणमा लिन समय लागेको हो,’ उनले भने।

घाइतेहरू पाँचै जनालाई किष्ट अस्पतालमा लगिएको छ। 

३ वर्षीय, ८ वर्षीय र १५ वर्षीय बालक घाइते छन्। त्यस्तै करिब ३५ वर्षीय सञ्‍जय गिरी र  रूपा गिरी पनि घाइते छन्। 

एसपी सुवेदीका अनुसार तीन जना बालकको अवस्था गम्भीर छ। 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal