(Sunday , 05 May,2024)

मकवानपुरमा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

NepalNewsLine

NepalNewsLine

Image 1

हेटौँडा । मकवानपुरमा विभिन्न घटनाको क्रममा आज तीन जनाको मृत्यु भएको छ ।

मकवानपुरको कैलाश गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा ३५ वर्षका प्रदीप बाइवाको मृत्यु भएको छ ।

मकवानपुरमै आज खोलामा डुबेर अर्का युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मनहरि गाउँपालिका वडा नम्बर ७ का स्थानीय ३३ वर्षका रमेश थापाको नुहाउने क्रममा मनहरि खोलामा डुबेर मृत्यु भएको हो ।

मकवानपुरकै राक्सिराङ गाउँपालिका वडा नम्बर ४ का ४१ वर्षीय इमान्सिङ्ग थिङको बाटोमा लडेर उपचारको क्रममा आज मृत्यु भएको प्रहरीको भनाइ छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal